बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

एजेन्सी : बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

 

 

उनलाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको बिबिसी हिन्दीले जनाएको छ।

उनीमाथि गत जुलाई-अगस्टमा भएको विद्रोहको दौरान मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको थियो।

भारतमा निर्वासनमा रहेकै अवस्थामा हसिनाको उपस्थितिबिनै उनीविरुद्ध मुद्दा चलाइएको थियो।

मृत्युदण्डको फैसला सुनाएपछि अदालत बाहिर भेला भएका नागरिकले खुशी मनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

४५३ पन्नाको फैसला न्यायाधीश मोहम्मद गुलामा मुर्तजा मजूमदारले वाचन गरेका थिए। जसको बंगलादेश टेलिभिजनबाट प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो।

अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाएको छ । तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij