नवलपरासी पूर्व , नवलपरासीमा आफ्नै बुवा ६० वर्षीय राम बहादुर विकको हत्या गरेको अभियोगमा हुप्सेकोट गाउँपालिका १ जुगेपानी बस्ने ३० वर्षीय सन्त कुमार विकलाई प्रहरीले पक्राउ गरेको छ ।
सन्त कुमारले घरायसी विवादको क्रममा कुटपिट गर्दा राम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका राम बहादुरको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्