कपिलवस्तु – कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–४ सिद्धिपुरस्थित होराइजन इङ्लिस बोर्डिङ स्कुलको कम्पाउण्डभित्र स्कुल भ्यानले ठक्कर दिँदा कक्षा १ मा अध्ययनरत ७ वर्षीय प्रियान्स खनालको मृत्यु भएको छ।
बिहिबार दिउँसो करिब २ बजे विद्यालय परिसरको चौरतर्फ हिँडिरहेको अवस्थामा सोही स्कुलको लु।प्र।०१–००१ क ०३६३ नम्बरको ईभी भ्यानले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। भ्यान २६ वर्षीय चालक विजय सारुले चलाइरहेका थिए।
ठक्करपछि बालकको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो। तर चिकित्सकले राति ११ः३८ बजे प्रियान्सलाई मृत घोषित गरेका हुन्।
घटनाको जानकारी पाएपछि भैरहवाको प्रहरी टोली खटिएको थियो। भ्यानका चालक विजय सारु र दुर्घटनामा संलग्न ईभी भ्यान प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताउनुभयो । घटनाबारे अस्पतालमा रहेका प्रहरीबाट मात्र आफुहरुले जानकारी पाएको निरिक्षक पौडेलले बताउनुभयो । सो घटना सिसिटिभी फुटेजसहित अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पिपराले प्रक्रिया अघि बढाएको छ।
विद्यार्थीको निधनपछि विद्यालयले आज शोक बिदा दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्