बुटवल- जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५औँ वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डा। मानबहादुर बिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. द्रोणप्रकाश रसाली रहेका थिए।
साधारणसभामा अध्यक्ष बिकेले आर्थिक वर्ष ०८१र०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले लघुवित्त सेवा विस्तारसँगै सेवाग्राहीको संख्या वृद्धि गर्दै गएको बताएका छन्।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक बाबुराम विश्वकर्मा, डा.यमबहादुर बिके र रेवन्तबहादुर विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी पूर्व सञ्चालक तथा संस्थापक माधवप्रसाद नेपाल, पूर्व सञ्चालक तथा सर्वसाधारण शेयरधनी गोकर्णबहादुर कार्की क्षेत्री, नेपाल सरकारका सहसचिव सफल पोर्तेल तथा बैंकिङ समुदाय सदस्य एवं उद्यमी सरिता जोशीले पनि मन्तव्य राखेका थिए।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष ०८१र०८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ। साथै आर्थिक वर्ष ०८२र०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी विशेष प्रस्तावका रूपमा अन्य उपयुक्त संस्थासँग गाभिने, गाम्ने वा प्राप्ति प्रक्रियासम्बन्धी सम्पूर्ण काम अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्योजन गर्ने निर्णय गरिएको छ।
संस्थाले २०८२ साल पौष मसान्तसम्म ४३ हजार ५७३ सेवाग्राही सदस्यलाई सेवा प्रवाह गरेको जनाएको छ। सोही अवधिमा संस्थाले २ अर्ब १९ करोड ९० लाख २१ हजार ९०७ रुपैयाँ कर्जा लगानी तथा १ अर्ब ६३ लाख ६३ हजार १३७ रुपैयाँ बचत परिचालन गरेको जनाएको छ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार रायले संस्थाका गतिविधिबारे जानकारी दिएका थिए। संस्थाकी सञ्चालक हुमाकुमारी कुँवर थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन नायब प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद उपाध्यायले गरेका थिए।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्