ओली र लेखक पक्राउ : प्रतिशोधपूर्ण भएको ओलीको टिप्पणी, न्यायको शुरुवात भएको गृहमन्त्रीको भनाइ

ओली र लेखक पक्राउ : प्रतिशोधपूर्ण भएको ओलीको टिप्पणी, न्यायको शुरुवात भएको गृहमन्त्रीको भनाइ

काठमाण्डौ – पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज बिहानै जरुरी पक्राउ पूर्जीसहित निवासमै पुगेर ओली र लेखकलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको छ । पूर्वप्रधानमन्त्री ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको टिप्पणी गर्नुभएको छ । पक्राउ पर्नुअघि कानुन व्यवसायीहरूसँग छलफल गर्दै उहाँले सरकारले प्रतिशोध लिएर पक्राउ गरेको र यसको कानुनी लडाईं लड्ने बताउनुभएको हो ।

तर गृहमन्त्री सुधन गुरुङले भने कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाधिएको बताउनुभएको छ । ओली र लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत उहाँले न्यायको शुरुवात भएको टिप्पणी गर्नुभएको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो । यसबारे गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले रातभर कानुनी परामर्श गरेका थिए ।

हिजो बसेको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक व्यक्तिको हकमा जाँचबुझ आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही सिफारिस गरेको छ ।

मन्त्रिपरिषदले सुरक्षा निकायका हकमा अध्ययन समिति गठन गर्ने र अरुको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : शनिबार, चैत्र १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij