काठमाण्डौ , मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पहाडी र हिमाली भेगका धेरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
भोलि र पर्सि पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिनअनुसार आज कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू -भागका केही ठाउँहरू तथा बाँकी भू भागका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाले मौसमी सूचनाको जानकारी लिन तथा आवश्यक सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ । अहिले पनि केही ठाउँमा पानी परिरहेको छ । दिउँसोपछि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् ।
भोलि पनि कोशी प्रदेशको पहाडी र हिमाली भू- भागका थोरै ठाउँहरू तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू- भाग तथा लुम्बिनी प्रदेशको हिमाली भू -भागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै पर्सि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू- भाग तथा लुम्बिनी प्रदेशको हिमाली भू -भागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्