घुस रकम लिँदालिँदै पक्राउ परे प्रहरी नायव निरीक्षक राउत

घुस रकम लिँदालिँदै पक्राउ परे प्रहरी नायव निरीक्षक राउत

काठमाण्डौ , प्रहरी वृत्त मालीगाउँ काठमाण्डौमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएबापत र मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो पक्राउ गरेको हो ।

घुसबापतको रकम र एक थान मोबाइल सहित राउतलाई काठमाण्डौ महानगरपालिका–५ गहनापोखरीबाट समातेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : बुधबार, चैत्र १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij