वृद्धभत्ताको उमेर बढाउनेबारे कुनै छलफल नभएको सरकारको भनाइ

वृद्धभत्ताको उमेर बढाउनेबारे कुनै छलफल नभएको सरकारको भनाइ

काठमाण्डौ – सरकारले वृद्धभत्ता पाउने उमेरबारे भइरहेको टिकाटिप्पणीहरूमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । यस विषयमा कुनै छलफलसमेत नभएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले गठन गरेको ‘सुशासन मार्गचित्र समिति’ले वृद्धभत्ता पाउने न्यूनतम उमेर ७५ वर्ष पुर्याउन सिफारिस गरेपछि यसबारे टिकाटिप्पणी भइरहेको छ । तर मन्त्रालयले भने यसबारे छलफलसमेत नभएको बताएको हो ।

एकल महिला र कर्णाली क्षेत्रका ज्येष्ठ नागरिकलाई ६५ वर्ष र अरुलाई ७० वर्षमा वृद्धभत्ता दिइँदै आएको छ । आर्थिक वर्ष २०५२/५३ को बजेटमार्फत सरकारले ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ कार्यक्रम शुरू गरेको हो ।

त्यतिबेला ज्येष्ठ नागरिकलाई हरेक महिना १०० रुपैयाँ भत्ता उपलब्ध गराउने गरेकोमा त्यसपछि क्रमशः बढ्दै अहिले वृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij