घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

 

काठमाडौं । सरकारले घरबाटै काम गर्न अर्थात ‘वर्क फ्रम होम’ गर्न सबैमा आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो ।

सरकारले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन् । सरकारले यसअघि नै इन्धन संकट कम गर्न सरकारी कार्यालय र शैक्षिक संस्थानमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मंगलबारको मन्त्रिपरिषद्को बैठकमा सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा छलफल भएको र सरकारले आवश्यक ठानेमा लगाउन सक्ने बताइन्।

मन्त्रिपरिषद्को बैठका निर्णय सुनाउदै मन्त्री रावलले भनिन्- ‘मूल्य समायोजनको बाध्यता छ, सरकारले यो तथ्य लुकाउँदैन। त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ। पेट्रोलियम पदार्थ खपत कम गर्नका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक सत्र वैशाख १५ बाट सुरू, इन्धन कोटाको कटौती गरिसकिएको अवस्था छ। आवश्यक परे जोर बिजोर प्रणाली पनि सरकारले लागू गर्नेछ । सरकार जनतासँग ‘वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ ।

त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आयातमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij