बुटवल । नेपाली सेनाको गोरखा-जितगढी एकीकरण पदयात्रा आजदेखि सुरु भएको छ ।पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न हिँडेका पदमार्गको प्रचारका निम्ति विगतका वर्षमा जस्तै पदयात्रा सुरु भएको हो ।
पदमार्गमा पर्ने कोट, गढी, किल्लाहरुको संरक्षण तथा तिनको इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनु पदयात्राको उद्देश्य भएको भद्रदल गणका गणपति गौरवसिंह क्षेत्रीले जानकारी दिए । गोरखा दरबारबाट आज बिहान सखारै प्रारम्भ भएको पदयात्रा तनहुँको सतिघाट-भन्सार-भीमसेनगढी-बाङ्गेरह-सेपाबगैँचा-टुहुरेपसल-तनहुँसुर-धेनुङ देउराली-केलादीघाट हुँदै आगामी वैशाख ७ गते बुटवलको जितगढी पुगेर भव्य समारोहकासाथ समापन गरिने प्रचलन रहेको छ । विगतका वर्षमा जस्तै बुटवल उपमहानगरले विभिन्न कार्यक्रम गरि वैशाख ७ लाई विजय उत्सवका रुपमा मनाउने तयारी गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्