भदौ २३ र २४ गतेको घटनाको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाउँछौँ : मानव अधिकार आयोग

भदौ २३ र २४ गतेको घटनाको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाउँछौँ : मानव अधिकार आयोग

 

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले गएको भदौ २३ र २४ गते भएको घटनाको अध्ययन प्रतिवेदन चाँडै सरकारलाई बुझाउने बताउनुभएको छ ।

घटना अध्ययन गर्न गठन भएको टोलीले प्रतिवेदन बुझाए पनि आयोगले सार्वजनिक गर्न ढिलाइ गरेकोमा टीकाटिप्पणी भइरहेको छ । घटना लगत्तै छानबिनका लागि आयोगका सदस्य लिली थापाको नेतृत्वमा अध्ययन समिति गठन भएको थियो ।

समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहसम्मको बयान लिएको थियो । अध्ययन समितिले प्रतिवेदन बुझाएपछि आयोगले थप अध्ययन, संक्षिप्त प्रतिवेदन तयार पार्न र सारांशका लागि दुई सदस्य मिहिर ठाकुर र मनोज दुवाडीलाई जिम्मा दिएको थियो ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा सदस्य दुवाडीले गएको भदौ २३ र २४ गतेको घटनालाई स्मरण गरी घटनाका सम्बन्धमा आयोगले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाइसकेको र छिट्टै सरकारलाई बुझाउने जानकारी दिनुभयो ।

साथै उहाँले नवयुवाले गरेको आन्दोलन अघि सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रतामाथिको निर्मम प्रहार भएको पनि बताउनुभएको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख २० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij