काठमाडौं , ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ।
यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान गर्दै आएको उल्लेख गरिएको छ।
साथै, मानवीय सेवामा समर्पित हुँदै ज्यान गुमाएकाको स्मरणका साथ निष्पक्ष, स्वतन्त्र र तटस्थ मानवीय सहयोग आवश्यकतामा रहेका सबैसम्म पुगोस् भन्ने आह्वानसमेत गरिएको छ।
प्रथम विश्वयुद्धपछि विश्वभर शान्तिका लागि साझा अभियान सञ्चालन गर्ने अवधारणासहित विश्व रेडक्रस दिवस मनाउने अवधारणा अघि सारिएको थियो। सन् १९४८ मे ८ मा पहिलो पटक यो दिवस मनाइएको थियो। सन् १९८४ देखि ‘विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस’का रूपमा मनाउन थालिएको हो।
मे ८ लाई अन्तर्राष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा नोबेल शान्ति पुरस्कारका पहिलो विजेता हेनरी ड्युनाको जन्मजयन्तीका अवसरमा यो दिवस मनाउने निर्णय भएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्टले जनाएको छ।
रेडक्रस तथा रेड क्रिसेन्टले विपद्, युद्ध, महामारी तथा मानवीय संकटका समयमा लाखौँ स्वयंसेवकले सेवा प्रदान गर्दै आएका छन्।
प्रकाशित मिति : शुक्रबार, बैशाख २५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्