काठमाडौं । थाइल्यान्डस्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपालीलाई आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । हालसम्म २२१ जनाको मात्र विवरण प्राप्त भएको दूतावासले जनाएको छ ।
भिसा अवधि समाप्त भएर पनि बसेका नेपालीलाई तत्काल फर्कन पनि दूतावासले भनेको छ ।
“हालसम्म विवरण उपलब्ध गराउन छुट भएको भए, यही १० मे २०२६ को बेलुकासम्म अनिवार्य रूपमा विवरण उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ,” दूतावासले भनेको छ ।
कम्बोडियामा अनलाइन स्क्यामिङजस्ता अन्तरदेशीय आपराधिक गतिविधि तथा स्थानीय कानूनले अनुमति नदिएका अन्य क्रियाकलापहरूमा संलग्न हुनुहुन्छ भने, त्यस्ता गतिविधिहरू तुरुन्त बन्द गरी नेपाल फर्कन अनुरोध गरिन्छ,” दूतावासले भनेको छ ।
विभिन्न प्रलोभनमा पारी कम्बोडिया पुर्याउने व्यक्ति वा संस्थाविरुद्ध नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गर्नसमेत दूतावासले आग्रह गरेको छ ।
प्राप्त विवरणका आधारमा कम्बोडिया तथा नेपाल सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक सहयोगका लागि अनुरोध गरिने दूतावासले प्रस्ट पारेको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्