बुटवल–११ मा सिरान गाउँदेखि बुद्धनगरसम्म सडक स्तरउन्नती सुरु

बुटवल–११ मा सिरान गाउँदेखि बुद्धनगरसम्म सडक स्तरउन्नती सुरु

बुटवल – बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिका वडा नं. ११ अन्तर्गत पर्ने सिरान गाउँ टप मझुवादेखि बुद्धनगरसम्मको सडक निर्माण तथा स्तरउन्नती कार्यको मंगलबार शिलान्यास गर्नुभएको छ।

उक्त सडक आसपासका अधिकांश बस्ती सुकुमबासी तथा अव्यवस्थित रूपमा रहेका छन्। लामो समयदेखि अलपत्र परेको यो सडक पूर्वमा एडीबीको लगानीमा निर्माण हुने भनिए पनि करिब चार वर्षसम्म काम अघि बढ्न सकेको थिएन। अहिले भने बुटवल उपमहानगरपालिकाकै लगानीमा निर्माण कार्य सुरु गरिएको जनाइएको छ।

उपमहानगरपालिकाले १ करोड ४४ लाख रुपैयाँ लागतमा निर्माण कम्पनी एन.एस.आर.एम.जे.भीसँग असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ। करिब एक किलोमिटर लामो सडक सात मिटर चौडा बन्ने जानकारी दिइएको छ।

सडक निर्माण सम्पन्न भएपछि यस क्षेत्रको यातायात सुविधा, बजार पहुँच तथा स्थानीय बासिन्दाको दैनिक आवतजावतमा उल्लेखनीय सहजता आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij