प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी तीव्र

प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी तीव्र

काठमाण्डाै – विपक्षी दलहरूले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी तीव्र बनाएका छन् । यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यसयताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन् ।

आजको बैठकमा पनि विपक्षीहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेका भन्दै असन्तुष्टि व्यक्त गरे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनुभयो । आफूसँग गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न रहेकाले ती मन्त्रालय पनि सम्हालेका प्रधानमन्त्रीबाट प्रश्नको उत्तर आउनुपर्ने उहाँको जिकिर छ ।

अध्यक्ष राईले प्रधानमन्त्री शाहलाई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनी पटक–पटक प्रश्नसमेत गर्नुभयो ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले यस्तो माग गर्नुभएको हो ।

प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढङ्गले अघि बढाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उहाँको भनाइ छ । परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गरेको कांग्रेसको आरोप छ ।

यसैबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमलाई प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक विचार गरियोस् भनी प्रस्ताव पेश गर्न समय दिएपछि सांसदहरूले उठेर विरोध गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij