तिनाउकाे ड्याममा पाैडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु

तिनाउकाे ड्याममा पाैडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु

बुटवल,

पाल्पाकाे तिनाउ गाउँपालिकामा पर्ने तिनाउ खोलमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ । तिनाउको ड्याममा पौडी खेल्दा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुनेमा भारत उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला नौगढ गाउँ जगदिसपुर बस्ने २२ वर्षीय सौरभ रस्तोगी रहेका छन् ।

अस्ती बुधबार पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउखोला ड्याममा पौडी खेल्नेक्रममा उनी डुबेर बेपत्ता भएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले खोजतलास गर्दा आज बिहान घटनास्थल भन्दा केही तल उनको शब फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij