एसीसी महिला प्रिमियर कपः नेपालले भुटानलाई ५१ रनले हरायो

एसीसी महिला प्रिमियर कपः नेपालले भुटानलाई ५१ रनले हरायो

काठमाडौँ – एसीसी महिला प्रिमियर कप अन्तरगतको म्याचमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ । नेपालले दिएको ११४ रहेको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै जोड्न सक्यो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गर्दै ६७ रनमा ७ विकेट गुमाएको थियो । अनुभवी जोडी सीता रानामगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी गरेपछि नेपाल सम्हालियो । सीताले २८ बलमा ३७ रन बनाएर नेपाललाई उकासेकी थिइन् । रुबिनाले २१ बलमा २४ रन जोडेर आउट भइन् ।

जवाफी ब्याटिङमा भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर संघर्ष गरिन् । अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।

नेपालका लागि रुबिनाले १५ रन खर्चेर तीन विकेट लिइन् । रिया शर्माले २० रन खर्चेर २ विकेट हासिल गरिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जिन हो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij