काठमाडौंः सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।
सिंगा ओभल ग्राउन्डमा आज विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो।
नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे। रोहित पौडेल २१ रनमा अविजित रहे। त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो। ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए। जुबेर अली अकबरले २२ रन बनाए।
नेपालका लागि करण केसीले ३ विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछानेले २–२ विकेट लिए। शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १–१ विकेट लिए।
नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ। हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ। नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्।
प्रकाशित मिति : आइतबार, जेष्ठ २४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्