काठमाडौँ , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले रास्वपा पुरानो पुस्तासँग संघर्ष गर्न नभई देशमा नयाँ राजनीतिक संस्कार स्थापित गर्न आफूहरू उदाएको बताएका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको राष्ट्रिय महाधिवेशनलाई स्वागत मन्तव्य दिँदै वाग्लेले पार्टीको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताए।
हामी कसैलाई हराउन होइन, नेपाललाई जिताउन आएका हौँ। पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाउन आएका हौँ,उनले भने।
वाग्लेले व्यवस्था परिवर्तन र लोकतन्त्र स्थापनाका लागि भूमिका खेल्ने पुराना राजनीतिक शक्तिप्रति सम्मान व्यक्त गर्दै अब लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको बताए। उनले पछिल्ला वर्षहरूमा सत्ता जनअपेक्षा पूरा गर्ने माध्यमभन्दा पनि ‘सत्ता लालचको व्यवस्थापन’ जस्तो बन्दै गएपछि रास्वपाको उदय भएको बताए।
जनतामा परिवर्तनको चाहना विद्रोहमा रूपान्तरित भएको र रास्वपा त्यही विद्रोहको लोकतान्त्रिक अभिव्यक्ति भएको वाग्लेको भनाइ थियो। सत्ता लालचको व्यवस्थापन जस्तो बन्न थाल्यो, जनताको अवस्था परिवर्तनको चाहना विद्रोहमा बदलियो। त्यही विद्रोहको लोकतान्त्रिक आवाज हो रास्वपाु, उनले भने।
रास्वपाले आलोचनामात्र गर्ने नभई वैकल्पिक राजनीतिक अभ्यास प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै वाग्लेले नयाँ पुस्ताले प्रश्न मात्र नभई उत्तर पनि दिन सक्ने क्षमता प्रमाणित गर्नुपर्ने बताए।
रास्वपाको शक्ति आलोचना होइन, विकल्प दिनुपर्छ। हामीले प्रमाणित गर्नुछ, नयाँ पुस्ता केवल प्रश्न सोध्न होइन, उत्तर दिन पनि जान्दछस विरोध मात्र होइन, विकल्प दिन पनि सक्छु, उनले भने।
प्रकाशित मिति : आइतबार, असार ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्