काठमाडौ , संघीय संसद अन्तरगत दुवै सदको बैठक आज बस्दैछ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। कानुनमन्त्री सोविता गौतमले न्याय परिषद, न्याय सेवा आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछिन्।
यी प्रतिवेदनहरु हिजै पेश गर्ने कार्यसुची थियो। बैठकका अधिकांस समय हिजो सांसदहरुले समसमायिक विषयमा सरकारको ध्यानकर्षण गराउनमा खर्चिएपछि आजलाई सारिएको हो।
बैठकमा आज अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केहि नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्रराष्ट्रिय श्रम सन्धी सम्बन्धी प्रोटोकलका बुँदाहरुलाई छलफल गरी अनुमोदन गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची छ।
राष्ट्रियसभा बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महान्याधिवक्ताको कार्यालय प्रतिवेदन पेश हुने एक मात्र कार्यसुची छ।
प्रकाशित मिति : बुधबार, असार ३१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्