संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा

संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको बहस चलिरहेका बेला कांग्रेसले सुशासन, सङ्घीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई मुख्य एजेन्डा बनाउनुपर्ने बताएका छन्

थापाले सुशासनलाई संविधान संशोधनको केन्द्रविन्दुमा राख्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायहरूलाई राजनीतिक हस्तक्षेप र दबाबबाट मुक्त राखिनुपर्ने उनको भनाइ थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायहरूलाई बलियो र प्रभावकारी बनाउन संवैधानिक परिषद्को नियुक्ति प्रक्रिया र संरचनामा सुधार आवश्यक रहेको उनले औँल्याए । विगत १० वर्षको अभ्यासको समीक्षा गर्दै खर्चिलो संरचना घटाउने, प्रदेशमा मन्त्रालयहरूको सङ्ख्या चुस्त बनाउने र संविधानको अनुसूचीमा रहेका साझा अधिकारका सूचीहरूलाई स्पष्ट पार्दै कार्यकुशलता बढाउनुपर्ने कांग्रेसको एजेन्डा रहेको उनले बताए ।

शासकीय स्वरूपका सन्दर्भमा कांग्रेस संसदीय व्यवस्थाको पक्षमा दृढ रहेको उनले प्रस्ट पारे । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले ल्याउन सक्ने सम्भावित निरङ्कुशता वा व्यवस्थापिका र कार्यपालिकाबिचको द्वन्द्वतर्फ सचेत गराउँदै थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थालाई नै थप परिष्कृत र उत्तरदायी बनाउनुपर्ने बताए ।

संविधानमा लिपिबद्ध गरिएका नागरिकका मौलिक हकहरू, विशेष गरी आवासको हक, दलित तथा विपन्न वर्गको अधिकारको व्यावहारिक कार्यान्वयनका लागि आवश्यक संवैधानिक तथा कानुनी सुधारहरू गरिनुपर्ने कांग्रेसको अडान रहेको थापाको भनाइ छ।

प्रकाशित मिति : आइतबार, साउन ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij