प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

 तिलोत्तमा ,  प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन भएको छ।

रूपन्देही तिलोत्तमा नगरपालिका शंकरनगर निवासी ८० वर्षीय ज्ञवालीको काठमाडौँको बीएण्डबी अस्पतालमा उपचारका क्रममा आइतबार राति ८ः४० बजे निधन भएको हो।
अग्रज पत्रकार ज्ञवाली केही समयदेखि मुटु र फोक्सोको रोगको उपचारका लागि काठमाडौंमा रहँदै आएका थिए ।
ज्ञवालीले नेपाल पत्रकार महासंघबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ पदकबाट बिभूषित भएका थिए ।

आफ्नो व्यवसायिक जीवनमा उनले विभिन्न सञ्चार माध्यममा रहेर काम गरेका थिए।

 

प्रकाशित मिति : सोमबार, साउन ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij