काठमाडौं — नेपाल चिकित्सक संघ र सरकारबीच ५ बुँदे सहमति भएपछि २ दिनदेखि जारी देशव्यापी चिकित्सक आन्दोलन फिर्ता भएको छ ।
बुधबार चिकित्सक संघले जारी गरेको विज्ञप्तिअनुसार गृह मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्तिविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ बमोजिम कानुनी कारबाही गर्ने सहमति भएको छ । सहमतिपछि संघले बुधबारदेखि सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ को दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ का दफा २३२ र २३३ संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधिसभाको आगामी संसद् अधिवेशनमा संशोधन प्रस्ताव पेस गर्ने र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ ।
प्रकाशित मिति : बुधबार, साउन १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्