रोल्पामा पहिरोः २ जनाको मृत्यु, २ जना घाइते

रोल्पामा पहिरोः २ जनाको मृत्यु, २ जना घाइते

काठमाण्डौ – लगातारको वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिँदा २ जनाको ज्यान गएको छ ।

२ जना गम्भीर घाइते छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोले ६ वटा घर गोठहरु पुरिंदा अरु १० जना बेपत्ता छन् ।

हिजो बेलुकी पौने ९ बजेतिर खसेको पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर  र ६० वर्षीय कमलबहादुर पुन मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी घाईते २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सन्जय घर्ती मगरलाई गम्भीर अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनास्थल विकट रहेकाले घटनाको थप विवरण संकलन भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, साउन २८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij