बुटवल । रुपन्देहीको तिलोत्तमामा सिद्धार्थनगर नगरपालिकाको गाडी दुर्घटना हुँदा सिद्दार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ घाइते भएका छन् ।
बिहिवार तिलोत्तमा १५ कोटीहवामा बुटवलबाट भैरहवा जाँदै गरेको सरकारी नम्बरको बिएएए ०९५३ गाडी अनियन्त्रित भई डिभाइडरमा ठोक्किन जाँदा उनी सामान्य घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी कृष्णकुमार चन्द्रका अनुसार मेयरको टाउकोमा सामान्य चोट लागेको छ । उनको अहिले भैरहवाको भिम अस्पतालमा उपचार भैरहेको छ ।
उक्त गाडीमा मेयर र गाडी चालक मात्रै रहेका थिए । चालकलाई भने सकुशल रहेका छन । तीब्र गतिमा रहेको उक्त गाडी अनियन्त्रित भई सडकको अर्को तर्फको डिभाइडरमा ठोक्किन पुगेको थियो ।
प्रकाशित मिति : बिहिबार, साउन २८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्