सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो : गृहमन्त्री गुरुङ

सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो : गृहमन्त्री गुरुङ

काठमाडौँ । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गृहमन्त्री सुदन गुरुङले गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको बताएका छन् ।

गृहमन्त्री गुरुङले घटनाले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गर्दै एउटी सानी बालिकामाथि भएको अपराध एउटा परिवारको मात्र नभई सम्पूर्ण समाजको पीडा भएको बताएका छन् । आमाहरू, महिला तथा नागरिकमा देखिएको आक्रोश आफूले पूर्ण रूपमा महसुस गरेको उनको भनाइ छ ।

गृहमन्त्री गुरुङले अहिले सरकारको पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु रहेको बताएका छन् । त्यसका लागि प्रमाण सुरक्षित गर्नुपर्ने, अनुसन्धान निष्पक्ष र वैज्ञानिक हुनुपर्ने, दोषी उम्कन नहुने तथा निर्दोष व्यक्ति फस्न नहुनेमा उनले जोड दिएका छन् । गरिमाका अभिभावकले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि थप चार जनालाई पक्राउ गरिएको पनि उनले बताएका छन् ।

उनले सरकार घटनाको पहिलो दिनदेखि नै मौन वा निष्क्रिय नरहेको स्पष्ट पारेका छन् । घटनालाई अत्यन्त संवेदनशील रूपमा लिएर कुनै पनि बाधा वा त्रुटि नहोस् भन्नेमा सचेत हुँदै अनुसन्धान अघि बढाइएको उनले बताएका छन् । घटनामा आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइएको र प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको गृहमन्त्री गुरुङले बताएका छन् ।

छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु सरकारको मुख्य उद्देश्य रहेको उनको भनाइ छ । घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न तथा भविष्यमा यस्ता अपराध रोक्न बलियो कानुनी र संस्थागत व्यवस्था निर्माण गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री गुरुङले बताएका छन्

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij