बुटवल – जागरण मिडिया सेन्टरको आयोजनमा बुटवल उपमहानगरपालिकाका दलित महिला जनप्रतिनिधिसँग साेमबार छलफल तथा भेटघाट कार्यक्रम गरेको छ । दलित महिला जनप्रतिनिधिहरुले चार बर्षमा गरेका काम तथा दलित तथा सिमान्तकृत समुदायको सवालमा आगामि दिनमा गर्नुपर्ने कामका सन्दर्भममा छलफल गरिएको थियो । उक्त छलफल तथा भेटघाट कार्यक्रमबाट बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक बसन्ती विश्वकर्माको संयोजकत्वमा १९ वटै वडाका दलित महिला सदस्यहरु सदस्य रहने गरी बुटवल दलित महिला जनप्रतिनिधि सञ्जाल गठन गरिएको छ । दलित महिला जनप्रतिनिधिहरुका विचमा सामूहिक रुपमा छलफल तथा पूर्व जनप्रतिनिधिलाई समेत समेट्ने उदेश्यले सञ्जाल गठन गरिएको जनाइएको छ । कार्यपालिका सदस्य सुनिता खण्डलुक सहसंयोजक तथा बुटवल वडा न. १३ का सदस्य कृष्ण सुनार सदस्य सचिव रहने गरी सञ्जाल गठन गरिएको हो । उक्त अवसरमा संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले दलित महिला जनप्रतिनिधिहरुको उपस्थिती संविधानमा लेखिएका कारण सम्भव रहेको बताउँदै अब नेतृत्वमा दलित महिलाको उपस्थिती हुनुपर्ने बताईन । उनले नीति निर्माण तहमा दलित तथा सिमान्तकृत समुदायको महिलाको सहभागिताका निर्वाचित जनप्रतिनिधिहरुले प्रभावकारी काम गरेर पुष्टि गर्नुपर्नेमा जोड दिईन ।
उक्त अवसरमा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्ती विश्वकर्माले बुटवल उपमहानगरपालिकाले नीतिगत रुपमा र बजेट कार्यक्रम मार्फत दलित समुदायको सवालमा प्राथिमकताका साथ काम गर्दै आएको बताईन । उनले अब बाँकी रहेको समयमा नीतिगत रुपमा ऐन निर्माणलाई जोड दिने बताईन ।
उक्त अवसरमा जनप्रतिनिधिहरु कृष्ण सुनार, रेखा विश्वकर्मा, सुन्तना परियार, अञ्जु विक, विन्दु विक, रतिमाला विक, तुल्सी विश्वकर्मा, मञ्जु दर्जी, गंगा कुमारी विक, प्रेमशिला धोवीले बोल्दै वडाबाट भएका काम कारवाही तथा आफूहरुको भूमिकाका बारेमा आ आफ्ना भनाई राखेका थिए । कार्यक्रममा रेडियो जागरण सञ्चालक समिति सदस्य सरोज गौतम, पत्रकार कृष्ण रणपाल, विनाेद परियाले बाेलेका थिए ।
प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्