विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो

विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो

बुटवल । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानमा जारी त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रन बनाउँदै अलआउट भयो। घरेलु टोलीका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा ओमान पराजित भयो।

नेपालको जितमा कप्तान सन्दीप लामिछाने र नन्दन यादवले प्रभावशाली बलिङ गरे। दुवैले समान तीन–तीन विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट हात पार्दा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रन बनाएको थियो।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए। करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन जोडे। अर्जुन कुमालले ४० रन बनाउँदा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रनको योगदान दिए।

ओमानका तर्फबाट शाह फैसल, शकील अहमद र करण सोनावालेले समान दुई–दुई विकेट लिए।

यसअघि आइतबार भएको शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो। ओमानविरुद्धको जितसँगै नेपालले शृङ्खलामा आफ्नो अपराजित यात्रा कायम राखेको छ।

यो नतिजासँगै नेपालले लिग–२ को अङ्कतालिकामा आफ्नो स्थिति सुधार गरेको छ। नेपाल ३४ खेलबाट २८ अङ्कसहित छैटौँ स्थानमा छ। ओमान ३० खेलबाट ३३ अङ्क जोड्दै चौथो स्थानमा रहँदा क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा छ।

लिग–२ को शीर्ष चारमा रहने सम्भावना सकिएको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु महत्त्वपूर्ण बनेको छ। त्यसका लागि नेपालले प्रतियोगिताको अङ्कतालिकामा शीर्ष छभित्र स्थान कायम राख्नुपर्नेछ।

प्रकाशित मिति : मंगलबार, असोज २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij