मोरङ : विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली भुइँमा घस्रेर दण्ड प्रणायाम गर्दै छठ पूजामा निस्किएका छन् ।
विराटनगरको पोखरियामा रहेको शिव पाञ्चायन मन्दिरबाट उहाँ आफ्ना २ भतिजासहित दण्ड प्रणायाम गर्दै छठको अस्ताउँदो सूर्यलाई अर्घ्य दिन निस्किएका हुन् ।
मेयर पराजुलीलाई उहाँका भतिजाहरु प्रमिस र मनिस पराजुलीले साथ दिएका छन् । पोखरियामा रहेको शिव पाञ्चायन मन्दिरबाट झण्डै ३ किलोमिटरको दूरी घस्रिएर पार गर्दै मेयर पराजुली करिब ४ घण्टाको अवधिमा सिँगिया खोलाको परोपराकार घाटमा पुग्नेछन्।
यसअघि १२ वर्षसम्म आफ्नो र परिवारको लागि छठको व्रत बसेको बताउने पराजुलीले १३ आँै वर्षको व्रत त्यो बेला बिरामी परेका शशांक कोइरालालाको लागि बसेको बताए ।
१४ औँ वर्षको पूजा भने आफू मेयर भएपछि आफ्ना लागि बसेको भन्दै उनले अहिलेको १५ औँ वर्षको कठोर व्रत भने महानगरको समृद्धि र नगरबासीका लागि बसेको मेयर पराजुलीले बताए ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्