बुटवल : शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्व तराईका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो । पहिला तराई बासीमा मात्र सीमित रहेको यो पर्व अहिले , पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय बनेको छ।
यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । वेदमा सूर्यलाई ऐश्वर्यको रूपमा र ऋगवेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको उल्लेख छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट नै बाँचेका छन् । महाभारतमा पनि सूर्यलाई सम्पूर्ण जगतका प्राणीसित सम्बद्ध भएको उल्लेख गरिएको छ ।
छठ पर्वको दिन सरकारले सार्वजनीक विदा भने दिएको छैन । प्रदेश नम्बर दुइमा विदा गरिएको छ त्यस्तै प्रदेश पाँच मा भने सार्वजनिक विदा दिइएको छैन ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्