JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमा व्यापार मेलाको तयारी पूरा, उदघाटन अघि जनचेतना ¥याली

तिलोत्तमा व्यापार मेलाको तयारी पूरा, उदघाटन अघि जनचेतना ¥याली

तिलोत्तमा ।

तिलोत्तमाको मणिग्राममा भोलीदेखि आयोजना हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । मेला उदघाटन अघि तिलोत्तमाको नयाँमिल र मंगलापुरबाट जनचेतनामूलक ¥याली निकालिंदै छ । ‘तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित तिलोत्तमा नगरपालिकाको मणिग्राममा तिलोत्तमा उद्योग बाणिज्य संघले दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव गर्न लागेको हो । उदघाटनअघि निकालिने ¥याल्मिा नगरभित्रका विभिन्न संघसंस्था, टोलविकास समिति, आमा समूह, विद्यालय लगायतको सहभागिता रहने संघका अध्यक्ष गुणनिधी भण्डारीले जानकारी दिनुभयो । विभिन्न झाँकी, पन्चेबाजा र प्रहीको व्याण्ड बाजासहित निकालिने ¥याली दुवै स्थानबाट बिहान १० बजे सुरु भै मेलास्थलमा पुग्नेछ । ¥यालीमा सहभागी संघसंस्थामध्येबाट उत्कृष्ट छनौट गरी पुरस्कृत समेत गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।
स्वदेशी र विदेशी गरी तीन सय स्टल सहभागी हुने महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराउने र १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संघका अध्यक्ष भण्डारीले बताउनुभयो । मेलामा टिकटको सहज व्यवस्थापन हुने गरी वातावरण मिलाइएको संघका कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक सुरज पंगेनीले जानकारी दिनुभयो ।
कृषि, ब्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको मेलामा लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने गरी सातै प्रदेशभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुको फोटो र वृत्तचित्र प्रदर्शन गरिने छ । सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन गरिने भएको । महोत्सवमा तिलोत्तमामा पहिलोपटक नेपाली व्यवसायीकै बाल उद्यान राखेर नेपाली मुद्रा विदेश जान रोकिएको अध्यक्ष भण्डारीले बताउनुभयो । मेलामा मायादेवी मन्दिर आकारमा गेट निर्माण गरिएको छ ।
मेलामा कृषि, पर्यटन र ऐतिहासिक क्षेत्रको प्रवद्र्धन र यस क्षेत्रमा लगानी भित्र्याउन गोष्ठी र अन्तत्र्रिmया गरिने संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताउनुभयो । महोत्सवमा अशक्त, अपांग र संस्थागतरुपमा समूहमा आउने विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विभिन्न जिल्लाबाट भ्रमणमा आउने भ्रमण टोलीलाई पनि निःशुल्क अवलोकन गराइने आयोजकले जानकारी गराएका छन् । मेलाको शुक्रबार दिउँसो १ बजे नेपाली काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले उदघाटन गर्ने कार्यक्रम छ ।
यसैबीच, मेलाकै सन्दर्भमा एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदी, कोरियाको विदेश विभाग युनिभर्सिटीका पुर्व प्रमुख ओन ह्यू दाउ ख्याङ, र तिलोत्तमा उद्योग बाणिज्य संघबीच छलफल भएको छ । छलफलका क्रममा पुर्व प्रमुख प्याङले नेपालमै रोजगारीका प्रशस्त संभावना रहेकाले यहीं रोजरारी गर्न र कोरिया आउनै परे गैरकानुनी ढंगले नआउन आग्रह गनुृभयो । कोरियामा उच्च शिक्षा, वास्तविकता र संभावना अन्तर्गतको घुम्ती शिवर नेपालका विभिन्न ठाउँमा सञ्चालन गरिएको भन्दै उहाले नेपालमा ठगिएर कोरिया नआउन र कोरिया आएर ठगिनु भन्दा कानुनी बाटो अवलम्न गरी आउन आग्रह गर्नुभयो । रुपन्देहीमा यो कार्यक्रमका संयोजक रहेका तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीले कोरियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि आफूले पनि समन्वय गर्न सक्ने भन्दै यो कार्यक्रमको लागि धन्यवाद दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, माघ ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij