बटवल
प्रदेश पाँचमा पहिलो प्रदेश स्तरीय लघुबित्त संस्था ‘देउराली लघुबित्त बित्तीय संस्था’को भोली शनिबार औपचारिक शुभारम्भ गरिँदै छ । आर्थिक समृद्धिकालागि जनतामा बित्तिय पहुँच बिस्तार गर्दै आर्थिक अभावका कारण वेचैनी बनेका ग्रामिण तथा बिपन्न परिवारका सदस्यहरुलाई लघुउद्यमशिलता बिकास गर्नेगरी प्रदेशमै पहिलो प्रदेश स्तरीय देउराली लघुबित्त बित्तीय संस्थाको भोली शनिबार नेपाल राष्ट्रबैंकका गभर्नर डा चिरञ्जिवी नेपालले उद्घाटन गर्नुहुने अध्यक्ष बिनोद ज्ञवालीले जानकारी दिनुभयो ।
प्रदेश पाँचका १२ वटै जिल्लाका ग्रामिण तथा बिपन्न परिवारलाई लघुकर्जामार्फत उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने र ग्रामिण उत्पादनलाई बजारीकरण मार्फत आर्थिक समृद्धिमा डो¥याउने लक्ष्य सहित गत मंसिरमा नेपाल राष्ट्र बैंकबाट सञ्चालन ईजाजत प्राप्त गरेको थियो । आर्थिक सशक्तिकरण तथा गरिबि निवाहरणमा लघुबित्तको महत्वपूर्ण भूमिका हुने बताउँदै अध्यक्ष ज्ञवालीले आवश्यकताको पहिचान गरि ग्रामिण लघुकर्जा प्रवाह तथा उद्यमशिलताको सवलीकरणलाई पहिलो प्राथमिकता बनाईएको बताउनु भयो ।
संस्थाको बारेमा जानकारी गराउनकालागि शुक्रबार संस्थाको कार्यालय बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ज्ञवालीले आगामी ५ वर्षभित्र परिणाममुखी लघुबित्त सेवा प्रदायक संस्थाको रुपमा राष्ट्रिय स्तरमा स्थापित हुने, दक्ष जनशक्ति उत्पादन गर्ने र दीगो आर्थिक बिकासलाई सशक्त बनाउने आफूहरुको अभियान रहेको जानकारी गराउनु भयो ।
हाल बैंकको केन्द्रीय कार्यालय र कार्यक्षेत्र भित्र गुल्मीको छत्रकोट, पाल्पाको रैनादेवी छहरा गाउँपालिका र रुपन्देहीको गैडहवा गाउपालिकामा शाखा कार्यालय सञ्चालन गरिएको छ भने यसैमहिना भित्र कपिलबस्तुको बनगाई, नवलपरासीको सरावल र रुपन्देहीको कान्छिबजारमा शाखा बिस्तार गरिने देउराली लघुबित्त बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव ज्ञवालीले जानकारी गराउनु भयो । त्यस्तै चालु आर्थिक वर्षको अन्त्यसम्ममा १२ वटा शाखा कार्यालय सञ्चालन गरिने उहाँले बताउनु भयो । त्यस्तै चालु आर्थिक वर्षमै ६ हजार ५ सय जनालाई लघुबित्तीय सेवा प्रवाह गरिने लक्ष्य रहेको पनि उहाँले बताउनु भयो ।
संस्थाले ऋण प्रवाहसंगै पशुपालन तथा कृर्षि उत्पादन बृद्धिकालागि कर्जा लगानी गरिएका गाउँबस्तीमा प्राबिधिक परिचालन गरि कृषिमैत्री वातावरण निर्माण गरिने संस्थाले जनाएको छ । ४ करोड रुपैंया चुक्तापुँजी रहेको उक्तसंस्थामा ६९ जना संस्थापक रहेका छन् भने ४० प्रतिशत सर्वसाधारणकालागि छुट्याईएको अध्यक्ष ज्ञवालीले बताउनु भयो ।
प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्