बुटवल ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपालले मुलुकको समृद्धिको लागि सुरक्षित लगानीमा जोड दिनुभएको छ । मुलुकको समृद्धिकालागि लगानी अपरिहार्य रहेको बताउँदै सुरक्षित कर्जा लगानी गर्न उहाँले बैंक तथा वित्तिय संस्थालाई आग्रह गर्नुभयो ।
प्रदेश पाँचको राजधानी बुटवलमा सञ्चालन गरिएको प्रदेश स्तरीय देउराली लघुबित्त बित्तीय संस्थाको शनिबार औपचारिक शुभारम्भ गर्दै गभर्नर नेपालले बैंक तथा बित्तिय संस्थाले एउटाको पैसा अर्कालाई दिने भएकाले जनताको गरेको निक्षेपलाई सुरक्षित रुपमा राखिदिने दायित्व पनि बैंकको भएको औंल्याउनु भयो । मुलुकको समृद्धि र आर्थिक कृयाकलाप बढाउनकालागि नेपाल राष्ट्रबैंकले सहुलियतपूर्ण नीति लिएको जानकारी गराउँदै गभर्नर नेपालले बैंकको पुँजी बृद्धिकालागि मर्जरको समेत नीति लिएको बताउनु भयो ।
बैंक तथा बित्तिय संस्थाको पुँजी बृद्धिलाई रोक्नकालागि मन्त्री तथा सांसदहरुले समेत घेर्ने गरेको बताउँदै उहाँले केन्द्रीय बैंकले लिएको नीति रोक्न नसकिने जानकारी गराउनु भयो । धेरै संस्थाहरुमा पुँजी छरिएर रहँदा त्यसको लागत पनि बढी पर्ने भएकाले बैंक तथा बित्तीय संस्थाको पुँजी बृद्धिलाई राष्ट्र बैंकले जोड दिएको उल्लेख गर्नुभयो ।
नेपाल राष्ट्र बैंकले मर्जरकालागि प्रेरित गरिरहेको अवस्थामा स्थापित उक्त देउराली लघुबित्त बित्तीय संस्थालाई पनि मर्जरकालागि तयार हुन र अनुकुलको संस्थाको खोजी गर्न समेत आग्रह गर्नुभयो । ५ वर्ष अंगाडी आफू राष्ट्र बैंकको गभर्नर भएर आउँदा ६५ प्रतिशत जनता बित्तीय पहुँच बाहिर रहेको र हाल ६१ प्रतिशत जनता बित्तीय पहुँचमा पुगेको जानकारी गराउँदै उहाँले बाँकी ३९ प्रतिशत जनतालाई बित्तीय साक्षरता प्रवद्र्धनकालागि लघुवित्त बित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
नागरिकमा बित्तीय पहुँच बृद्धि गर्नकालागि नेपाल राष्ट्र बैंकले नयाँ संरचना अनुसार सबै स्थानीय तहमा बाािण्ज्य बैंक पु¥याउने लक्ष्य अनुसार हालसम्म ७५३ स्थानीय तह मध्ये ७४३ स्थानीय तहमा बाणिज्य बैंक पुगेको जानकारी गराउनु भयो । उहाँका अनुसार प्रदेश पाँचका १०९ वटै स्थानीय तहमा बाणिज्य बैंंक पुगेका छन् । यो अभियानले पनि बित्तीय पहुँचमा सुधार गरेको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै कार्यक्रममा प्रदेश पाँचका योजना आयोगका उपाध्यक्ष डा। ईश्वर गौतमले प्रदेश सरकारले कृषि उद्योग र पर्यटनलाई प्राथमिकताका क्षेत्र निर्धारण गरिएको बताउँदै ती क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो । प्रदेश सरकारले हालै आवधिक योजना पनि बनाएको जानकारी गराउँदै आवधिक योजनामा प्रदेश बिकासकालागि १२ अर्व रुपैंया अनुमान गरिएको र त्यसको दई तिहाई रकम नीजि क्षेत्रबाट अपेक्षा गरिएको बताउनु भयो ।
त्यस्तै नेपाल राष्ट्र बैंक लघुबित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले बैंक तथा बित्तिय संस्थालाई नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुसार काम गर्न आग्रह गर्दै प्रदेश सरकारले पनि कृषि उद्योग र पर्यटनलाई प्राथमिकिताका क्षेत्र निर्धारण गरेकाले नयाँ सम्भावना समेतमा प्रदेश सरकारसंग मिलेर काम गरेमा अति गरिब जनताको आर्थिक सुधार गर्न सकिने औंल्याउनु भयो ।
देउराली लघुबित्त बित्तीय संस्थाका अध्यक्ष बिनोद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, चौतारी लघुबित्त बित्तीय संस्थाका अध्यक्ष जगतबहादुर पोखरेल, संस्थाका संस्थापक हरि लम्साल, प्रमुख कार्यकारी अधिकृत शिव ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्