बिपन्न कुर्मीलाई लायन्स क्लव अफ बुटवल युथद्वारा पपकर्न मेसिन प्रदान

बिपन्न कुर्मीलाई लायन्स क्लव अफ बुटवल युथद्वारा पपकर्न मेसिन प्रदान

 

बुटवल
लायन्स क्लव अफ बुटवल युथले बिपन्न परिवारलाई स्वरोजगारी प्रवद्र्धनकालागि पपकर्न मेसिन प्रदान गरेको छ । क्लवका अध्यक्ष दिपकप्रसाद श्रेष्ठ र सहकोषाध्यक्ष कमल ज्ञवालीको जन्मदिनको अवसर पारेर क्लवले बुटवल उपमहानगरपालिका वडा नं. ५ का रघुबिर कुर्मीलाई पपकर्न मेसिन प्रदान गरिएको हो ।

बिपन्न परिवारका कर्मीको परिवारमा ८ सदस्य रहेको र उनीहरुको जीवनयापन सहज होस भनेर स्वरोजगारी प्रवद्र्धनकालागि पपकर्न मेसिन प्रदान गरिएको क्वलका अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो । शनिबार बुटवलको ट्राफिकचोकमा आयोजना गरिएको कार्यक्रममा उक्त मेसिन क्लवका अध्यक्ष श्रेष्ठ र लायन्स क्लवका मल्टिपल काउन्सील चियरप्रसन सुनिल वझा लगायतले कर्मीलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त पपकर्न मेसिनलाई ३२ हजार रुपैंया मुल्य पर्ने क्लवले जनाएको छ ।

कार्यक्रममा बोल्दै लायन्स क्लवका मल्टिपल काउन्सील चियरप्रसन वझाले विपन्न परिवारको आर्थिक अवस्था सुधारकालागि क्लवले सहयोग स्वरुप स्वरोजगारी उत्प्रेरणा गर्नेगरी पपकर्न मेसिन प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्दै प्राप्त भएको मेसिनको सहि सदुपयोग गरि स्वरोजगार बन्न पनि कुर्मीलाई आग्रह गर्नुभयो ।

क्वलका सचिव बिष्णु काफ्लेको सञ्चालन तथा मनमोहन गुभाजुको स्वागतमा भएको कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक कोचिफ एड्भाईजर सुनिता बजिमय, सुरेशरत्न बज्राचार्य, डिष्ट्रिक्ट एड्भाईजर पुरुषोत्तमभक्त प्रधानाङ्ग, बलराम भट्टराई, चियरप्रसन जाकिर हुसैन, लायन्स क्लव अफ बुटवल सनसाईनका अध्यक्ष जमुना पाण्डे, रिता शर्मा, लोकनाथ पाण्डे, डम्बर न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, माघ १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij