JanataToday.com

Advertisment

SKIP THIS

बुटवललाई चौविसै घण्टा उज्यालो शहरका रुपमा विकास गर्न माग

बुटवललाई चौविसै घण्टा उज्यालो शहरका रुपमा विकास गर्न माग

बुटवल -बुटवललाई चौविसै घण्टा उज्यालो शहरका रुपमा विकास गर्नु पर्नेमा एक कार्य क्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।
उनिहरुले मुलुककै बिच भागमा रहेको बुटवलमा शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेको स्तरिय होटल संचालनमा रहेका ,यातायातको सुगमता रहेकोले यहाँको वजार गुल्जायमान वनाउनका लागि चौविस घण्टा उज्यालो शहरका रुपमा विकास गर्नु पर्ने धारणा राखेका हुन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको सम्मान, स्वागत तथा प्रमाणपत्र वितरण समारोहमा वोल्नेहरुले बुटवलको महत्वलाई उजागर गर्नका लागि उज्यालो शहर जरुरी रहेको औल्याएका हुन ।
कार्यक्रममा भिजिट नेपाल २०२० प्रदेश ५ का सहसंयोजक माधव नेपालले मुलुकमा आर्थिक सम्वृद्धि पर्यटनको माध्यमवाट गर्न सकिने भन्दै त्यसका लागि उपयुक्त वातावरण निर्माणका लागि सरकारले भिजिट नेपाल र लुम्बिनी भ्रमण संचालन गरेको बताउनु भयो ।
मुलुकमा पर्यटनको जग वसाल्ने अवसरका रुपमा भ्रमण वर्षलाई लिनु पर्ने भन्दै सहसंयोजक नेपालले बुटवलको कालिकापथलाई काठमाण्डौको ठमेग जस्तै गुन्जायमान वनाउने गरि उज्यालो शहरका रुपमा विकास गर्नु पर्ने धारणा राख्नु भयो ।
उहाँले होटल व्यवसायी नै पर्यटन व्यवसायी भएकाले व्यवसायीले गर्नु पर्ने दाईत्व, कर्तव्य तथा मर्म र कर्मलाई सधै ध्यान दिन जरुरी रहेको समेत बताउनु भयो । पर्यटन व्यवसायीले आफनो व्यवसायलाई गुणस्तरिय सेवाका रुपमा स्थापित गदै अगाडी बढाउन पनि उहाँले जोड दिनु भयो ।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपाल प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले सडक खाना महोत्सवले यस क्षेत्रको पर्यटन विकासमा महत्वपुर्ण टेवा पराएको धारणा राखनु भयो ।
संघका अध्यक्ष समुन्द्र जिसीले दोस्रो सडक खाना महोत्सव सफल वनाउन हरेक तह र क्षेत्रवाट सहयोग भएको भन्दै प्रदेश सरकार, राजनैतिक दलहरु, स्थानियतह, भिजिट नेपाल २०२०को प्रदेश कार्यालय ,प्रहरी प्रशासन ,संघसंस्थाहरु, टोल समिति, महिला समिति ,संचारकर्मीहरु, व्यवसायीहरुलाई धन्यवाद प्रदान गर्नु भएको थियो । सडक खान महोत्सवमा सहभागि स्टलहरु मध्येवाट क्लव डेनेभो, भिमसेन नेवा समाज, सिद्धार्थ कटेज र डाईनामिक टेर्डिगं ईन्सिच्युट सर्वोकृष्ट स्टलका रुपमा छनौट भई सम्मानित भएका छन । सोही समारोहमा भिजिट नेपाल २०२० प्रदेश ५ को सहसंयोजक हुनु भएकोमा माधव नेपाललाई सम्मान गरिएको थियो भने वडा प्रहरी कार्यालय बुटवल रामनगरमा शरुवा भई आउनु भएका प्रहरी निरिक्षक गोविन्द प्रसाद रेग्मीलाई स्वागत गरिएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जिवन श्रेष्ठ महासचिव माधव कुमार खनालले सडक खाना महोत्सवले यस क्षेत्रको आर्थिक क्रियाकलापमा टेवा पुराएको धारणा राख्नु भएको थियो ।

प्रकाशित मिति : सोमबार, माघ १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij