काठमाडौं ।
नेपाली कांग्रेसले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँसगरी पर्सी आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
कांग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि कांग्रेसले प्रतिनिधिसभाको बैठक हिजोदेखि अवरुद्ध गर्दै आएको छ ।
अख्तियर दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परी आफ्ना नेतामाथि मुद्दा दायर गरेको तर, यसप्रकरणमा ’दोषि देखिएका’ नेकपा नेताहरुलाई उन्मुक्ति दिन खोजिएको कांग्रेसको आरोप छ । प्रतिनिधिसभाको अर्को बैठक आइतबार १ बजे बस्नेछ ।
प्रकाशित मिति : शुक्रबार, माघ २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्