दिल्लीबाट बिहार गइरहेको बस ट्रकसँग ठोक्किँदा १४ को मृत्यु

दिल्लीबाट बिहार गइरहेको बस ट्रकसँग ठोक्किँदा १४ को मृत्यु

काठमाण्डौ – भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् । बस दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको थियो । फिरोजावाद प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको ज्यान गएको छ ।

‘भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि छुटेको बस ट्रकसँग ठोक्किँदा बसमा रहेका १३ जना र ट्रक चालकको ज्यान गएको हो । घाइतेहरुको सैफईको एक अस्पतालमा उपचार चलिरहेको छ । बसमा झण्डै ५० जना सवार थिए ।’

अस्पतालका मेडिकल अफिसर डाक्टर विश्वदीपकका अनुसार १३ जनालाई मृत अवस्थामा अस्पतालमा ल्याइएको थियो घाइते भएका ३१ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij