घरमा आगो लाग्दा जलेर बालकको मृत्यु

घरमा आगो लाग्दा जलेर बालकको मृत्यु

रोल्पा। रोल्पा जिल्लास्थित एक घरमा आगो लाग्दा एक जना बालकको जलेर मृत्यु भएको छ।

जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं. ४ मसिना निवासी भिमबहादुर पुनको घरमा आगो लाग्दा उनका ३ वर्षीय छोरा विशला पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

जिल्ला प्रहरी प्रमुख एवम् डिएसपी दिपक खड्काले मंगलबार बेलुका ६ बजेतिर पुनको फुसले छाएको एक तले कच्ची घरमा आगो लाग्दा घर भित्रै सुतिरहेका बालकको मृत्यु भएको जानकारी दिए।

आगलागीबाट घर भित्र रहेका अन्तपात, लत्ता कपडा, भाँडा वर्तन सबै जलेर नष्ट भएका छन्। प्रहरी र स्थानीयको क्रियाशिलतामा आगो सात बजेतिर नियन्त्रणमा आएको थियो।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij