बाढी प्रभावितका लागि सञ्चालित परियोजनाको संयुक्त अनुगमन

बाढी प्रभावितका लागि सञ्चालित परियोजनाको संयुक्त अनुगमन

परासी । नवलपरासीमा सञ्चालीत नेपाल बाढी प्रतिकार्य तथा पुर्नलाभ परियोजना र समुदाय उत्थानसिल कार्यक्रम परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।

नवलपरासीको प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउपालीकाका ५ वटा वडामा बिकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम)ले सञ्चालन गरेको ति परियोजनाको गाउपालीकाका प्रमुख, उपप्रमुख तथा वडाअध्यक्षहरु, स्थानीय बिपद व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु , सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरु सम्मेलित टोलीले संयुक्त अनुगमन गरेको हो ।

बाढी प्रभाबित समुदायको जीवन स्तर उकास्न र उनीहरुको प्रतिकार्य क्षमता बढाउन सञ्चालन गरिएका ति परियोजनाका लक्ष्यित समुदायले परियोजनाका कारण आफुहरुमा परिबर्तन आएको बताउदै निरन्तरताको लागि आग्रह गरेका थिए ।

मिजेरियर जर्मनी र डिकेए अष्ट्रियाको सहयोगमा सामुदायीक उत्थानसिल परियोजना तथा कारितास इन्टरनेशनल र कारितास नेपालको सहयोगमा बाढी प्रतिकार्य तथा सिर्घ पुर्नलाभ परियोजना ती क्षेत्रमा सञ्चालीत रहेका छन ।

बिकास तथा प्रकोप व्यवस्थापन केन्द्रका महासचिब गंगाप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पाल्हीनन्दन गाउपालीका अध्यक्ष बैजुप्रसाद गुप्ता, सरावल गाउपालीका अध्यक्ष राधेश्याम चौधरी, प्रतापपुर गाउपालीका उपाध्यक्ष अञ्जु चौधरी, सिडिएमका कार्यकारी निर्देशक धर्मराज घिमिरे, कार्यक्रम प्रबन्धक बिजयसिंह ठकुरी र परियोजना संयोजक उर्मिला कुवर, अमृता अधिकारीले बोलेका थिए।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij