काठमाडौं – कोरोना भाइरस नियन्त्रणको लागि इटलीले मुलुकभर आपतकालको घोषणा गरेको छ ।
भाइरसको प्रकोप बढेसँगै यसअघि केही क्षेत्रमा लागू गरिएको आपतकालीन अवस्थालाई मुलुकभर विस्तार गरिएको हो । अहिले घोषणा गरिएअनुसारको आपतकालीन अवस्थामा भ्रमण, तथा सार्वजनिक भेलामा समेत मुलुकभर प्रतिबन्ध लगाइएको छ ।
सोमबार प्रधानमन्त्री ग्युसेपे कोन्टेले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र कुनै महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । इटलीसँग धेरै रहेको नभएको भन्दै उनले मुलुक कोरोना भाइरसबाट बचाउन यस्तो गर्नुपरेको बताए ।
सोमबार मात्र इटलीमा कोरोना भाइरसबाट ९७ जनाको ज्यान गएको थियो । र, आइतबारयता नयाँ संक्रमितको संख्या पनि २४ प्रतिशत बढेको छ ।
चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक इटली हो ।
इटलीको सबै २० प्रान्तमा यो भाइरसको संक्रमण देखिएको छ ।
सरकारले राति अबेरसम्म नबस्न र रातको समयमा पार्टी नगर्न निर्देशन दिएको छ ।
मुलुकभर सबै फुटबल खेलमा रोक लगाइएको छ । विद्यालय र विश्वविद्यालययहरु अप्रिल ३ सम्मका लागि बन्द गरिएको छ । कुनै महत्वपूर्ण काम तथा परिवारिक कामबाहेक भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।
सरकारको निर्णयविरुद्ध इटलीका विभिन्न जेलमा हिंसा भड्किएको छ । यस क्रममा केही मानिसहरुको ज्यान पनि गएको छ भने केही कैदीहरु जेलबाट भागेका छन् ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्