कारोना भाईरस नेपाल भित्रिन नदिनकालागि ८ राजनीतिक दलहरुद्धारा सरकारको ध्यानाकर्षण

कारोना भाईरस नेपाल भित्रिन नदिनकालागि ८ राजनीतिक दलहरुद्धारा सरकारको ध्यानाकर्षण

बुटवल-  विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस ९कोभिड–१९० नेपाल भित्रिन नदिनकालागि आवश्यक पहलकदमी उठाउन बुटवलमा क्रियाशिल बिभिन्न ८ राजनीतिक दलहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुटवलमा कृयाशिल बिभिन्न राजनीतिक दलहरुले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि भारतीय सिमानाकामा आवतजावत व्यबस्थित र चेकजाँच व्यबहारिक हुन नसकेको भन्दै आवतजावतलाई अभिलेख राख्न र चेकजाँचलाई कडाईका साथ लागु गर्न आग्रह गरेका हुन ।
राजनीतिक दलहरु नेपाली काँग्रेसका नगर सभापति खेलराज पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष थर्कबहादुर बाह्रघरे, राप्रपाका नगर अध्यक्ष निरजप्रताप खाँण, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष तुलसीराम शर्मा, नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर बासी, नेकपा क्रान्तिकारी माओवादीका नगर इञ्चार्ज मानबहादुर कुवँर, राष्ट्रिय जनता पार्टीका नगर संयोजक राजेन्द्र अग्रहरी र समाजवादी पार्टीका नगर अध्यक्ष बामदेव भुसालले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि कोरोना संक्रमणको रोकथामकालागि आवश्यक कदम चाल्न स्थानीय प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका हुन ।
त्यस्तैगरी कोरोना भाईरस संक्रमितको उपचारकालागि सरकारी, सामुदायिक, नीजि क्षेत्रका अस्पतालहरु तथा क्लिनिकहरुमा निःशुल्क चेकजाँच तथा उपचारको व्यबस्था मिलाउन समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ । त्यस्तैगरी भिडभाडलाई निरुत्साहित गर्न, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको उपाय अवलम्बन गर्दै रोकथामका उपचारकालागि जवाफदेही हुन समेत अपिल गरिएको छ ।
त्यस्तै आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संक्रमणको कारण र निराकरणका उपायतर्फ जोडदिन तथा अनावश्यक भ्रम र त्रास सिर्जना नगर्न पनि अपिल गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij