भैरहवा – रोटरी क्लब अफ भैरहवा ले विभिन्न सुरक्षा निकाय तथा सघ सस्था लाई कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी सचेतना कार्यक्रम संगै मास्क, वितरण गरेको छ ।
भैरहवा मा रहेको सिद्धार्थ बाल गृह , बाल सुधार गृह , सशस्त्र प्रहरी बल ३८ नम्बर गुल्म डण्डा , जिल्ला ट्राफिक प्रहरी कार्यालय , वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मा माक्स वितरण गर्नु का साथै बाल, बालिका, बृद्ध बृद्धा सुरक्षाकर्मीहरुलाई कोरोना भाईरस (कोभिड–१९)वाट सुरक्षित रहनका लागि अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने सामाग्रिको जानकारी गराउदै उक्त माक्स वितरण गरिएको क्लवका सस्थापक अध्यक्ष राजकुमार गुप्ता ले बताउनु भयो ।
सम्बन्धीत कार्यालय मा नै पुगेर सचेतना गर्नका साथै मास्क वितरण गरिएको थियो । अभियानमा क्लवका पदाधिकारी तथा सदस्य हरु शिवहरि शर्मा, कमल कोइराला, राज कुमार बि.क., दुश्यन्त थापा, सगम न्यौपाने, कुन्दन बज्राचार्य लगायत को सहभागिता रहेको थियो । मास्क हस्तान्तरण मा जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रवक्ता डि एस पि खडग बहादुर खत्री,सशस्त्र प्रहरी बल ३८ नम्बर गुल्म डण्डा का डि एस पि मान बहादुर शाही ले कोरोना भाइरस बाट मात्र नभइ धुलो घुवा बाट समेत माक्स ले सुरक्षा गर्ने बताउनु भयो ।
प्रकाशित मिति : सोमबार, चैत्र १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्