कञ्चनको अस्थाई क्वारेन्टाइनमा ९ जना,सबैको स्वास्थ्य सामान्य

कञ्चनको अस्थाई क्वारेन्टाइनमा ९ जना,सबैको स्वास्थ्य सामान्य

कञ्चन– विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को सम्भावित संक्रमण र जोखिम न्यूनिकरण गर्न कञ्चन गाउँपालिका भित्र रहेका सम्पूर्ण कञ्चनवासीहरुलाई नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारको निर्णय तथा आज्ञानुसार सेल्फ क्वारेन्टाइनमा कञ्चन गाउपालिकाले पटक पटक गाउपालिकाको आफ्नै वेभसाइट,सामाजिक संजाल फेसबुक पेज मार्फत बिशेष आग्र गरेको छ। साथै गाउपालिकाले संक्रमण कालको समयमा विदेशबाट आउनुहुने कञ्चनवासी आमा बुवा,दाजुभाई तथा दिदिबहिनीहरुलाई परिवार सदस्य तथा व्यक्तिहरुबाट सिधा सम्पर्कमा नआई कञ्चन गाउपालिकाले निर्माण गरेको अस्थाई क्वारेन्टाइनमा आई स्वास्थ्यकर्मीहरुको निगरानीमा बस्न बिनम्रता पुर्बक आग्रह समेत गरेको छ।

तपाईको गाउ टोलमा छिमेकी देश भारत तथा तेश्रो मुलुकबाट बैदेशिक रोजगारबाट घर आएका आफ्ना आफन्त तथा छिमेकीहरुलाई निजहरुको घर र आफन्त तथा नातेदाहरुसंगको सम्पर्कमा नरही गाउपालिकाले निर्माण गरेको अस्थाई क्वारेन्टाइनमा पठाई सहयोग गर्न कञ्चन गाउपालिकाले मातहतका बिभिन्न संघसंस्था,क्लव,आमा समूह,टोल बिकास संस्था तथा बिभिन्न राजनैतिक दलहरुलाई बिशेष आग्रह गर्दै भनेको छ । यदि तपाइहरुको सल्लाह सुझाव नमानी अटेर गरी गाउपालिकाको निर्देशनहरुलाई उल्लघन गर्ने केशिस गरे गाउपालिकाले सुरक्षाबल लगाएर क्वारेन्टाइनमा लैजाने समेत गाउपालिकाले कडाइका साथ सूचना जारी गरेको छ ।

महामारी रोग कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले घोषणा गरेको (लकडाउन)का बेला घरायसी काम बाह्याक अन्य खेत बारीको काम सकेसम्म यो समयमा नगर्नुहुन यदि खेत बारीमा जानैपर्ने भएमा पूर्ण ब्यक्तिगत सुरक्षा सामाग्रीहको सााबधानी पुर्वक प्रयोग गरी काम गर्न र घर परिवार बाहेक अन्य व्यक्तिहरुलाई पर्म वा ज्यालादारीमा काम नगर्न नगराउन समेत कञ्चन गाउपालिकाले सम्पुर्ण कञ्चनवासीलाई अनुरोध गरेको छ ।

कञ्चन गाउपालिकाले निर्माण गरेको अस्थाई क्वारेन्टाइनका सम्पर्क ब्यक्ति अहेव बिर बहादुर बरमलेका अनुसार हाल सम्म कञ्चन गाउपालिकामा छिमेकी देश भारत सहित तेश्रो मुलुकबाट बैदेशिक रोजगारको क्रममा बिदामा आफ्नो घरमा आउनेको संख्या १ सय ५ जना रहेकोमा ९६ जनालाई निजहरुकै आफ्नै घरमा होम क्वारेन्टाइनमा सुरक्षित रुपमा बस्न आग्रह गरिएकाृे छ भने ९ जनालाई अस्थाई क्वारेन्टाइनमा राखिएको अस्थाई क्वारेन्टाइनका सम्पर्क ब्यक्ति अहेव बिर बहादुर बरमलेले बताउनु भएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij