तामनगरमा ५० वेडको क्वारेन्टाइन निर्माण

तामनगरमा ५० वेडको क्वारेन्टाइन निर्माण

बुटवल ।
बुटवलले वडा नम्बर १२ को तामनगरमा रहेको कोरिया—नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी कलेजको उपयुक्त भवनमा ५० वेडको क्वारेन्टाइन निर्माण गरेको छ । भोजनालय, आबाँस तथा शौचालय र ज्वरो क्लिनिक सहितको प्राथमिक स्वास्थ्य सेवासमेत उपलब्ध गराउने गरि क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए । बुटवलका विभिन्न स्थानमा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । जहाँ शुक्रबार मात्रै ६१ जनाले परीक्षण गराएको स्वास्थ्य शाखाका अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिए । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा शनिबार पनि फिवर क्लिनिक सञ्चालन गर्ने तयारी भइरहेको सिंहले जानकारी दिए । यसैबीच धागो कारखानाको खाली भवनमा सञ्चालनमा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा १० वटा आइसीयू वेड थप गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रादेशिक अस्पतालका अध्यक्ष तथा कोरोना विशेष अस्पताल सञ्चालन एवम् समन्वय कार्यदलका सहसंयोजक सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij