चितवनमा एक पुरुषको गैंडाको आक्रमणबाट मृत्यु

चितवनमा एक पुरुषको गैंडाको आक्रमणबाट मृत्यु

चितवन ।
चितवनमा एक पुरुषको गैंडाको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २२, पटिहानी, बोटेटोल बस्ने ३९ वर्षका पूर्णबहादुर कुमाल रहेका छन् ।
घर नजिकैको बेलसहर सामुदायिक वनमा सोमबार निउरो टिप्न जाने क्रममा गैडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्ज, बटुक दल गणका प्रमुख सेनानी अरुण श्रेष्ठले जानकारी दिए । उनका अनुसार कुमालको घटनास्थलमै मृत्यु भएको र हाल मुचुल्का उठाउने काम भइरहेको छ ।
उक्त सामुदायिक वन निकुञ्जको नजिकै पर्छ । अधिकांश बोटे, थारु समुदाय यो समयमा निउरो टिप्न वन जाने गर्छन् ।

प्रकाशित मिति : सोमबार, चैत्र २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij