कोरोनाविरुद्धको लडाईमा नेपाली मिडियाको भूमिका प्रशंसनीय:उपाध्यक्ष पोखरेल

कोरोनाविरुद्धको लडाईमा नेपाली मिडियाको भूमिका प्रशंसनीय:उपाध्यक्ष पोखरेल

काठमाडौं – नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले नेपाली मिडिया जगतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लगाउनुभएको आरोप मिथ्या भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्ने क्रममा नेपाली मिडिया क्षेत्रबारे लगाएका आरोप कपोकल्पित भएको उपाध्यक्ष पोखरेलको टिप्पणी छ । कोरोनाविरुद्धको लडाईमा नेपाली मिडिया क्षेत्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री ओलीले भने झैं मिडियाले सरकारविरुद्ध प्रचारको बेमौसमी बाजा नबजाएको दावी गर्नुभयो ।

बेथितिका विरुद्ध नेपाली मिडियाले सधैं कलम चलाएको स्मरण गर्दै उपाध्यक्ष पोखरेलले कोरोनाबारे अफवाह फैलन नदिने नेपाली मिडिया प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीको सम्बोधनमा मिडिया र पत्रकारलाई कठिन समयका लागि विशेष प्याकेज घोषणा गरिएपनि त्यसो हुन नसकेको भन्दै पोखरेलले मिडियाका कठिनाई सम्बोधन गर्न माग समेत गर्नुभएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij