बुटवल – बुटवल अटो ईन्जिनियरिङ एशोसिएसन बुटवल वडा नंं २ ले मजदुरहरुलाई राहत सामाग्री वितरण गरेको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गर्न नपाएका मजदुरहरुलाई एशोसिएसनले राहत सामाग्री वितरण गरेको हो । एशोसिएसनका अध्यक्ष बावुलाल पाण्डेले लकडाउनको समयमा सवै वर्कशप बन्द भएको र मजदुरहरुलाई खानका लागि समस्या भएपछि राहत सामाग्री वितरण गरिएको बताए । एशोसिएसनले शनिबार मात्रै ७० परिबारलाई राहत वितरण गरेको उनले बताए ।नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं
समाजसेवी लिलाधर लुईटेलको व्यवस्थापनमा मजदुरहरुलाई राहत सामाग्री वितरण गरिएको हो । परिबारको संख्या हेरी एशोसिएसनले १५ के.जी चामल, दाल, नुन, सावुन प्रदान गरेको थियो । उक्त राहत बुटवल उपमहानगरपालिकाका वडा अध्यक्ष रमेश नेपालको रोहवरमा एशोसिएसनका अध्यक्ष पाण्डे सहित उपाध्यक्ष कृष्ण न्यौपाने, लेखा संयोजक चन्द्रमणी भण्डारी, सदस्यहरु सुर्य सुवेदी, देवि पौडेलले वितरण गरेका हुन । एशोसिएसनले २ दिन अघि मात्र ३२ परिबारलाई राहत दिएको थियो । अध्यक्ष पाण्डेका अनुसार मजदुर संगै दैनिक ज्यालादारी गरिव परिबारका लागि पनि अब राहत वितरण गरिनेछ । त्यसका लागि तयारी गरिएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्