रुपन्देही- सार्बजनिक लेखा समिती सभापति तथा रुपन्देही क्षेत्र न ५ प्रतिनिधि सभा सदस्य भरत कुमार शाहले रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं–४ खम्मे गाउँमा विजुली सर्ट भै अगलागी हुँदा घरगोठ, लत्ता–कपडा तथा खाद्यान्न जलेर समस्यामा परेका परिवारहरुलाई राहत स्वरुप आर्थिक तथा खाध्यन्न सहयोग गर्नु भएको छ ।
खम्मे गाउँका सुरज नाउ, दुर्योधन नाउ, जोगेन्दर नाउ रघुबल नाउको ४ घरमा आगलागी भएको थियो । आगलागी हुंदा उनिहरुको घरगोठ, खाद्यान्न, लत्ता कपडा जलेर नष्ट भएको थियो । आगलागीमा परेर उनिहरुको करिब २ लाख ५० हजार बराबरको सम्पत्ती क्षति भएको थियो ।
कोरोना रोगको माहामरी बाट वच्न लक डाउन मा बसेका बेला भएको घरमा । आगलागीका कारण उनिहरुको परिवारमा पर्न गएको दुःखद् घडीमा विपन्न परिवारको साथमा कांग्रेस रहेको सभापति शाहले बताउनुभयो।
पिडित परिवारलाइ दैनिक गुजारा चलाउन तत्काललाई आवश्यक पर्ने चमाल, दाल नुन तेल लत्ताकपडाको ब्यवास्था गर्न नेपाली कांग्रेस लुम्बिनी सासकृतिक नगर समितीको सहभागीतामा आगलागी बाट पिडित ४ घर लाई खाध्यन लत्ताकपडा तथा प्रत्येक घर लाई ५ हजार नगद समेत बितरण गरिएको छ।
प्रकाशित मिति : मंगलबार, बैशाख २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्