सुरेश परियार,सैनामैना –रुपन्देहीको सैनामैनामा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.८ बाँसगढिमा लु ३० प ३८०४ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ सैनामैना वडा न.४ मुर्गिया बस्ने वर्ष २७ का सागर थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिनुभयो ।
बुटवलबाट सालझण्डी तर्फ जाने क्रममा सो दुर्घटना गम्भीर हुँदा घाइते भएका थापाको लुम्बिनी प्रादेशीक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्