बुटवल: दुबै मृगौलामा समस्या आएपछि लामो समयदेखि भारतमा उपचार गुल्मी साबिक (बम्घा ९)का नारायण गौतमको उपचारमा सहयोग गर्न गुल्मीको बम्घा रुपन्देही सम्पर्क समाजले सहयोग रकम हस्तान्तरण गरेको छ ।
शुक्रबार नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्ब अध्यक्ष दीपक ज्ञवालीको रोहबरमा समाजका अध्यक्ष देबीदत्त गिरीले नारायणका पिता शालिकराम गौतमलाई २३ हजार ३ सय ३० रुपैया हस्तान्तरण गरे ।
उक्त रकम समाजको पहलमा आफूहरु र शुभेच्छुक बिभिन्न ब्यक्तिसंगबाट जुटेको थियो । सो अबसरमा बिरामीमा पिता शालिकरामले छोराको अबस्थाप्रति चिन्ता गर्ने र सहयोग गेर्ने सबैलाई धन्याबाद दिए ।
कार्यक्रममा समाजका अध्यक्ष देबिदत्त,पत्रकार महासंघका पूर्ब अध्यक्ष ज्ञवाली,समाजका उपाध्यक्ष जगन्नाथ भण्डारी,सचिब कृष्ण खत्री,कोषाध्यक्ष क्रृषिराम ज्ञवली,सहसचिब शकुन्तला ज्ञवाली,सरोज ज्ञवाली,राजु ज्ञवाली,टिकाराम ज्ञवाली लगायतले बिरामीको स्वास्थ्यलाभको कामना गर्दै यस्तै सहयोग र समाजसेवामा तीब्रता दिइने बताए ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्